३१ भदौ २०८१, सोमबार | September 17, 2024

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकले, शशिला मोटर्स तथा उक्त कम्पनीका आधिकारीक विक्रेताले विक्री गर्ने विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् नियमानुसार ३ कार्यदिन भित्र कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । बैंकले व्यक्तिगत प्रयोगकर्तालाई ‘अटो लोन’ तथा भाडाको प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ५१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित