२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको खेलाडीको गुनासो



काठमाडौँ । पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको गुनासो गरेका छन् ।  फ्रान्सेली अखबार ‘एल इकाइप’का अनुसार खेलाडीले ओलम्पिक भिलेजमा खानेकुरा र पेय पदार्थसँग सम्बन्धित गुनासो गरेका छन् ।

मिडिया रिपोर्टमा ओलम्पिक प्रतियोगीहरूले बुधबार खानाको मात्रा, विशेष गरी अण्डा र ग्रिल गरिएको मासु पर्याप्त नभएको बताएको उल्लेख गरिएको छ ।

पेरिस ओलम्पिक भिलेजमा आधिकारिक खानपान साझेदार सोडेक्सो लाइभले निश्चित उत्पादनहरूको उच्च माग रहेको पुष्टि गरेको छ । खेलाडीको आवश्यकतालाई ध्यानमा राखेर परिमाण बढाइने उसले बताएको रिपोर्टमा उल्लेख छ ।

ओलम्पिक भिलेजमा ओलम्पिक र पारा ओलम्पिक प्रतियोगितामा हरेक दिन ४० हजारलाई खान खुवाउने गरेको छ ।

ओलम्पिकका लागि खाना र पेय पदार्थ आपूर्ति गर्ने क्यारेफोर समूहका प्रवक्ताले भने, ‘सुरुमा खाद्यवस्तुको मात्रा बढाउन निर्देशन दिइएको थियो । हामी यो मात्रा पूरा गर्न सक्षम छौं । विश्वभरका १५,००० खेलाडीका लागि खानाको व्यवस्था गर्नु ठूलो काम हो ।’

औपचारिक रुपमा शुक्रबारदेखि ओलम्पिक शुरु हुने भएपनि त्यस अघि नै बुधबारदेखि फुटबलसहित अन्य खेलहरु शुरु भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ९ : ४३ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा