३१ भदौ २०८१, सोमबार | September 17, 2024

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि र बुटवल हस्पिटल प्रालीबीच छुट सम्बन्धी सम्झौता



बुटवल । पश्चिम नेपाल यातायात प्राली आवद्ध बसहरुमा दुर्घटना हुँदा घाइते हुनेहरुको बुटवल हस्पिटल प्रालीमा सहुलियत दरमा उपचारहुने भएको छ । यातायात प्राली अन्तर्गतका बसहरुको दुर्घटजन हुँदा हुने घाइतेहरुको सहुलियत दरमा उपचार गर्न प्राली र अस्पतालबीच सम्झौता भएको हो ।

छुट सम्बन्धि सम्झौतामा हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेल र यातायात प्रालीको तर्फबाट संचालक तथा दुर्घटना शाखा संयोजक जिवन बञ्जाडे र दुर्घटना शाखा प्रमुख सुरेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यसैक्रममा मंगलबार नेपालमै धेरै यातायात व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालीसंग उपचार सहजता सम्झौता भएको अस्पतालले जनाएको छ ।

सो अवसरमा अस्पतालका अध्यक्ष पौडेलले बुटवल हस्पिटल प्राली सरल सहज सुविधा सम्पन्न हस्पिटल बनेको बताउदै अबका दिनमा बुटवल क्षेत्रका बिरामीहरु उपचारका लागि राजधानी काडमाडौं देखि भारतीय शहरहरुमा जानु नपर्ने बताए । ‘अहिले पनि धेरै बिरामीहरु भारतीय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरिय सेवा दिने विषयमा लाग्नु पर्दछ,’ उनले भने, ‘उनले देशभरी नै संजाल रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालीसंगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताए ।’

सम्झौता पत्रमा हस्ताक्षर गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रालीका संचालक तथा दुर्घटना संयोजक बञ्जाडेले यस क्षेत्रमै हस्पिटलकै लागि भनेर बुटवल हस्पिटल प्रालीको भवन बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पठाउन नपर्ने अवस्था आएको बताए ।

उनले भने –’बुटवलमा पहिलो पटक सुबिधा सम्पन्न अस्पताल बनेको छ, अब यहांका बिरामीलाई महङ्गो शुल्क तिरेर काठमाडौं या भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयागोग गरेर बचाउनु पर्दछ ।’

बुटवल हस्पिटलसंग पश्चिम नेपाल बस व्यवसायी प्रा लीको उपचार सम्झौता संगै देशभरीका व्यवसायीहरुका लागि पनि सहज हुने प्रा लीका दुर्घटना शाखा प्रमुख सुरेश न्यौपालेले बताए । सम्झौता भएसंगै अब पश्चिम नेपाल बस व्यवसाय प्राली आवद्ध बस दुर्घटनामा घाइतेको मात्र नभएर प्राली आवद्ध कर्मचारी, यातायात मजदुर, व्यवसायी तथा उनीहरुको परिवारको उपचारमा समेत विशेष छुट हुने सम्झौथामा उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ३२ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित