२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सांसदले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा. वीरेन्द्र महतोेले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरी निर्देशन दिइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका हुन् । उनले आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको समेत बताए ।

“प्रहरीलाई उक्त घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ । यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ”, गृहमन्त्री लेखकले भने, “सदनमा एक सदस्यले आफनो छोराको सर्टिफिकेटको सन्र्दभमा विचौलीयालाई घुस दिएको कुरा उठाउनुभएको छ । मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउनका लागि सहयोग गरिन आग्रह गरेको छु ।”

जनता समाजवादी पार्टीका सांसद महतोले सदनमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए । उनले आफनो छोराको सर्टिफिकेट इक्युभ्यालेन्टका लागि घुस दिनुपरेको अभिव्यक्तिप्रति सांसदहरुले सभामुखसँग रुलिङको माग गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : २८ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा