२८ मंसिर २०८२, आइतबार | December 14, 2025

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगन्जमा सञ्चारकर्मीहरुका लागि स्नेहमिलन



नेपालगन्ज । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र, नेपालका केन्द्रीय उपाध्यक्ष ब्रह्मकुमारी दुर्गाले आध्यात्मिक सशक्तिकरणबाट मात्र शान्ति सम्भव रहेको बताएकी छन् । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको क्षेत्रीय कार्यालय नेपालगन्जले संचारकर्मीहरुका लागि राखेको मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्मकुमारी दुर्गाले समाजमा हिजोका दिनमा एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने गरेको भएपनि आज एक अर्कोलाई सिध्याउने प्रचलन बढेको बताइन् ।

उनले सञ्चार जगत संसारलाई आँखा देखाउने प्रमुख मार्ग भएको उल्लेख गर्दै सञ्चारकर्मीले आफुले आफैलाई चिन्न जरुरी भएको बताइन् । संसार बदल्न सबै भन्दा पहिले आफु बदलिन आवश्यक रहेको भन्दै दुर्गाले विश्वविद्यालयले आफुले आफैलाई चिनाउने प्रयास गरिरहेको बताइन् ।

तनाव, कलह, लोभ, मायाले चञ्चल हुने गरेको मनलाई शान्ति प्रदान गर्न विश्वविद्यालयले बिभिन्न कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिइन् । मनलाई, विचारलाई र जीवनलाई सुन्दर बनाउने ब्युटिपालरकारुपमा ईश्वरीय विश्वविद्यालयले काम गरिरहेको ब्रह्माकुमारी दुर्गाको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियानको आवश्यकता रहेको बताए । उनले सञ्चारकर्मीको दायित्वलाई मनन गराउदै मानसिक, शाररिक रुपमा स्वस्थ्यका लागि ब्रम्हकुमारी राजयोग केन्द्र जस्ता सस्था अपरिहार्य रहेको बताए ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा बिहान ३ बजे देखि साढे ४ बजे सम्म शाररिक तथा मानसिक मेडिटेसन हुनेभएकोले सञ्चाकर्मीहरुलाई मेडिटेशनमा सहभागी हुन विश्वविद्यालयले आग्रह गरेको छ । कार्यक्रममा वरिष्ठ पत्रकार निरज गौतम, झलक गैरे, पत्रकार महासंघ बाँकेका काबा अध्यक्ष संगीन शर्मा लगायतले ब्रम्हकुमारी विश्वविद्यालयबाट समाजमा सकारात्मक सन्देशमुलक काम भइरहेको भन्दै विद्यालयलाई धन्यबाद दिएका थिए।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : १६ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई