७ कार्तिक २०८१, बुधबार | October 24, 2024

तीन प्रतिपक्षी दलको निष्कर्ष: ओलीलाई संबिधान विपरित प्रधानमन्त्री बनाइयो



काठमाडौं । तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संबिधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् ।

शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरुले संबिधान विपरित प्रधानमन्त्री नियुक्त गरिएको निष्कर्ष निकालेका हुन् ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान मिचेर सरकार गठन भएको बताउदै यस बारे संसदमा कुरा उठाउने बताए । उनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको पुनले बताए ।

तीन दलका नेताहरुले आइतबार प्रधानमन्त्री केपी ओलीले संसदमा माग्ने विश्वासको मतको बिपक्षमा मतदान गर्ने निर्णय भएको पनि पुनले बताए । ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए ।

उपमहासचिव पुनले संविधान मिचिएकोसहित भ्रस्टाचारका विषयहरु संसदमा सशक्त रूपमा कुरा उठाउने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : ४१ बजे

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र

नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई