३१ भदौ २०८१, सोमबार | September 17, 2024

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा



जुम्ला । जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा आज एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले चालु आर्थिक वर्षमा यहाँका आठवटै स्थानीय तहका बालबालिकालाई पूर्णरूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए । जिल्लामा रहेका १६ देखि ५९ महिनाभित्रका दुई हजार नौ सय २७ बालबालिकालाई सबै खोप लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए । कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : २३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित