३१ भदौ २०८१, सोमबार | September 17, 2024

विधिको शासन स्थापित गर्न लागिपर्नेछु : गृहमन्त्री लेखक



काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासन, शान्तिसुरक्षा र अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्रीको शपथ ग्रहणपश्चात् आज मन्त्रालयमा पदबहालीका क्रममा उनले विधिको शासन स्थापित गर्न सुरक्षा निकाय र गृह प्रशासनबाट पर्याप्त सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

“सबै मिलेर काम गरौँ, मेरातर्फबाट गृह मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्य इमान्दार भई निष्ठापूर्वक गर्नेछु”, मन्त्री लेखकले भने । उनले आफू गृहमन्त्रीका रुपमा रहँदासम्म इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री लेखकले गृह मन्त्रालयबाट भइरहेका कामकारबाहीको सूक्ष्म अवलोकन गरेर सुझाव दिन सञ्चारजगत्सँग आग्रह गरे ।

मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारणबाट भएको जनधनको क्षतिलाई उचित ढङ्गले सम्बोधन गर्नेगरी काम गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता भएको बताए । “प्राकृतिक विपद्बाट मुलुकका धरै स्थानमा जनधनको क्षति भई विषम् परिस्थिति उत्पन्न भएको छ, यसलाई सम्बोधन गर्नु सरकारको पहिलो दायित्व हो”, उनले भने ।

गृहमन्त्री लेखकले देशमा राजनीतिक स्थिरता कायम गरी सुशासन कायम गर्ने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको स्पष्ट पारे। मुलुकको अर्थतन्त्रलाई क्रियाशील बनाउने तथा संविधानलाई थप सुदृढ बनाउन सरकार क्रियाशील हुने उनको भनाइ छ ।

“संविधानको समीक्षा र मूल्याङ्कन गर्ने, संविधानको मूल तत्वका रुपमा रहेका गणतन्त्र र समावेशितालाई सुदृढ र बलियो बनाउन सरकार लागिपर्नेछ”, मन्त्री लेखकले भने, “यस व्यवस्थालाई सुदृढ गर्दै मुलुकमा सुशासन कायम गरी आमजनतालाई राहत उपलब्ध गराउने कायलाई सरकारले प्राथमिकता दिनेछ ।”

मन्त्री लेखकलाई गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत गृह मन्त्रालयका उच्चअधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : २४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित