४ बैशाख २०८२, बिहिबार | April 17, 2025

सुनसरीमा युरिया मलको अभाव, किसान चिन्तित



सुनसरी । सुनसरीमा कृषकलाई धान बालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, कोशी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाकालगायतका कृषकलाई धानबालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको हो ।

कडा मेहनत र ठूलो लगानी गरेर धानखेती गरेको भए पनि युरिया मलको अभाव भएको देवानन्जका कृषक चन्दन मेहताले बताए । नेपाली बजारमा युरिया मल सहजरुपमा नपाउँदा कृषकलाई समस्या भएको कृषक मेहताको भनाइ छ ।

कोरोना भाइरस महामारीका कारणले ठूलो आर्थिक नोक्सानीको सामना गरेका कृषकले अहिले आएर धानखेती गरेको भए पनि समयमा युरिया मल नपाएका कारणले झन समस्या भएको कृषक वीरेन्द्र यादवले बताए ।

कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सिमाना सिल गरेकाले भारतीय युरिया मलसमेत ल्याउनका लागि समस्या भएको कृषकले बताएका छन् ।

पर्याप्त मात्रामा युरिया मल बजारमा नपाएका कारणले उत्पादनमा कमी आउने कृषकले बताएका छन् । अहिले बजारमा युरिया मलको अभाव भएको साल्ट ट्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले बताए । उनले युरिया मल आउने क्रममा रहेकाले भदौ २ गतेदेखि बजारमा पर्याप्तमात्रमा मल पाउने बताए ।

कोरोना भाइरसका कारणले सीमानाकालाई सिल गरेको भए पनि सुनसरीमा चोरी तस्करी भएर भारतीय युरिया मल आउने गरेको स्थानीय व्यापारीले बताएका छन् ।

खुला सीमा कारणले भारतीय युरिया मल नेपाली बजारमा आउने गरेको तर त्यसको मूल्य अधिक पर्ने गरेका कारण कृषकलाई समस्या भएको इनरुवा– १ स्थित कुशवाह एग्रोभेटका सञ्चालक पञ्चदेव मेहताले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ३ : ४४ बजे

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका