२८ मंसिर २०८२, आइतबार | December 14, 2025

फेरि बढ्यो सुनको भाऊ बिहीबार प्रतितोला २४ सय रुपैयाँ बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला ६ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४०० ले बढेको छ ।

बुधबार प्रतितोला ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९०० बाट बढेर ९७ हजार ३०० पुगेको छ ।

तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो ।

यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पुगेको थियो ।

चाँदीको मूल्यमा पनि प्रतितोला ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १२ : ४० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको