२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र क्यानडा भिड्दै



काठमाडौं । जारी कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेल भोलि बिहान हुदै छ । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुदै छ । यो खेल नेपाली समय अनुसार भोली बिहान ५: ४५ बजेदेखि शुरु हुदै छ ।

पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

क्यानडा समुह चरणमा अर्जेन्टिनासंग एकै समुहमा रहेको छ । समुह चरणको खेलमा क्यानडा अर्जेन्टिनासँग २-० गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अर्जेन्टिना ३७औं पटक कोपा अमेरिकाको सेमिफाइनल खेलिरहेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिना सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिना र उरुग्वे दुवैले १५-१५ पटक कोपाको उपाधि जितेका छन् ।

अर्जेन्टिना र क्यानडाबीच अहिलेसम्म केवल दुई खेल मात्र भएका छन् । जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ०४ बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी