३१ भदौ २०८१, सोमबार | September 17, 2024

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दबाबबाट प्रधानमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका छन् ।

संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आइतबार अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसद्‌बाट विश्वास मत लिएरमात्रै छाड्ने बताए । उनले एमाले–कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी पश्चगमनतिर लैजाने उदेश्यले बनेको दाबी गरे । तर, उनले अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको प्रस्ट पारे । माओवादीले कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने उनले स्पष्ट पारे । तर उनीहरु एक्ले हिँड्न खोजेको उनले आरोप लगाए ।

एमाले(कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै अर्थमन्त्री पुनले त्यो माओवादीलाई स्वीकार्य नहुने स्पष्ट पारे। उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न सुरु गर्दा एमाले-कांग्रेस आत्तिएर गठबन्धन बनाएको आरोप लगाए ।

पुनले संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न चाहेको जनाए ।

 

 

 

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : २० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित