१९ आश्विन २०८१, शनिबार | October 5, 2024

राप्तीको जल सतह ७ दशमलव ९० मिटर पुग्यो, सिक्टाको ढोका नखुल्दा बस्ती डुबानमा



नेपालगन्ज । राप्ती नदीमा जल सतह खताराको बिन्दुभन्दा माथि पुगेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार बिहान १०ः३० बजे ५ दशमलव ७५ मिटर रेकर्ड गरिएकोमा अहिले बढेरनदीको सतह ७ मिटर ९० सेन्टिमिटर पुगेको छ ।

नदीको सतह झन् झन् बढ्दै गएपछि राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा जोखिममा परेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेर केही घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राप्तीको बाढीले बाघखोरका स्थानीय बासिन्दा खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा क्षति पुर्याएको छ ।

बाढी राप्ती सोनारी(१ अन्तर्गत पर्ने कुसुम क्षेत्रका अन्य गाउँमा पनि पसेको बताइएको छ । राप्तीको बाढीले अगैयामा रहेको झोलुंगे पुलमा पनि क्षति पुर्याएको छ स्थानीयले बताएका छन् । यस्तै अगैयास्थित दाहसंस्कार स्थलको प्रतिक्षालय पनि नदी कटानमा परेको छ ।

राप्ती नदीमा पानीको सतह ह्वात्तै बढेपनि सिक्टा सिचाई आयोजनाले बाँकेको अगैयास्थित ब्यारेजका १४ वटा मात्रै ढोका खोलेको बताइएको छ ।

ब्यारेजका कुल १८ वटा ढोका मध्ये ४ वटा ढोका अझै बन्द रहेका छन्। ब्यारेजका सबै ढोका नखोल्दा अगैयाभन्दा माथिका केही गाउँहरूमा बाढी पसेको र गाउँ नै डुबानमा पर्ने जोखिम बढेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ४० बजे

बधशाला बहिस्कार गर्दै बाख्रीको मासु बेच्दै बुटवलमा मासु ब्यवसायी

बुटवल । बुटवल उपमहानगरपालिकाले संचालन गरेको बधशालाको बहिस्कार गरेका बुटवलका

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर सहयोग

धादिङ । एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका

दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात

बाढीपहिरो प्रभावितको पीडा – ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका