१९ आश्विन २०८१, शनिबार | October 5, 2024

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने रिलिज



काठमाडौं । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत रिलिज गरिएको छ ।

फिल्मको थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीतमा कुशल पोखरेलको गायन प्रस्तुति र शब्द रचना छ भने रोहित शाक्यको संगीत उत्पादन छ । भिडियोमा भने फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतसहित दीपाश्री निरौला, प्रदीप खड्का, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, धीरज मगर, नाजीर हुसेन, शिल्पा मास्केलगायत देखिएका छन् ।

उमेर पुगेका युवा-युवतीलाई परिवार र समाजबाट कसरी विवाहको दबाब दिइन्छ भन्ने विषय गीतले बोलेको छ । रोचक कुरा के छ भने गीतमा देखिएका अधिकांश कलाकार अविवाहित छन्, जसलाई अक्सर विवाहकै प्रश्न आउने गर्छ । गीतसँगै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

यसअघि दशैं मात्र भनिएको फिल्मलाई आगामी असोज १७ गते अर्थात् घटस्थापनामा प्रदर्शन गरिने भएको छ । साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, बसुन्धरा भुसाल, टीका पहारी, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर आदिको पनि अभिनय छ ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ३४ बजे

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको