३ आश्विन २०८१, बिहिबार | September 19, 2024

लुम्बिनीका मुख्यमन्त्री महरालाई दिएको समर्थन एमालेबाट फिर्ता



नेपालगन्ज । लुम्बिनी प्रदेशमा नेकपा एमालेले प्रदेशका मुख्यमनत्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ ।

लुम्बिनी प्रदेश सभामा एमाले संसदीयदलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई पठाउँदै समर्थन फिर्ता भएको जनाएका हुन् ।

संसदीय दलका नेताका हैसियतले प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीलाई छुट्टाछुट्टै पठाएको पत्रमा राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिए‌को परिप्रेक्ष्यमा हालसम्म लुम्बिनी प्रदेश सरकारलाई दिदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख छ ।

उनले पठाएको पत्रमा मुख्यमन्त्री महराको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा ९एमाले० को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा अब सहमतिको सरकार गठन गरि राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिए‌को जनाइएको छ ।

गिरीले प्रदेशमा कस्तो खाले सहमतिय सरकार गठन गर्न थालिएको हो भन्ने विषयमा भने खुलाएका छैनन् । संघीय सरकारको समिकरण परिवर्तन हुन थालेको परिपेक्षमा प्रदेश सरकारमा पनि सरकार परिवर्तन गर्ने योजना अनुरुप उमालेले बिश्वासको मत फिर्ता लिएको बुझिएको छ ।

 

 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ०८ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य