२८ मंसिर २०८२, आइतबार | December 14, 2025

एकै दिन ६ हजार घट्यो सुनको मुल्य, कोरोना विरुद्धको खोपले नतिजा दिए अझै घट्न सक्ने आंकलन



काठमाडौं। मुल्यको उच्चतम बिन्दुमा पुगेको सुनको भाग बिगत ४ दिन देखि थोरै मात्रामा घटेपनि बुधबार भने ठुलै अनुपातमा घटेको छ । बुधबार एकैदिन तोलामा ६ हजार २०० रूपैयाँ घटेर सुनको मुल्य तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएका कारण नेपाली बजारमा पनि मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार पनि सुनको मुल्य ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २०५६ डलर सम्म उकालो लागेको सुनको मुल्य बुधबार १८७६ डलरमा झरेको छ। कोरोना भाइरसविरुद्ध खोपको विकास भएको समाचार बाहिरिएसँगै लगानीकर्ताले सुनमा लगानी घटाउँदा मुल्यमा प्रत्यक्ष असर परेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। ती सञ्चार माध्यमका अनुसार कोरोना भाइरसले प्रमुख सेयर बजारहरूमा नकारात्मक असर पु¥याएपछि लगानीकर्ता नाफा जोगाउन भन्दै सुनचाँदीतर्फ आकर्षित भएका थिए थिए।

अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस १८७६।४६ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस २३।९९ मा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ३८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%