२२ असार २०८१, शनिबार | July 6, 2024

नेपालगन्जको न्युरोडबाट भन्सार छलि भित्रिएकोे ३८ लाख बढीको लत्ताकपडा बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको न्युरोडबाट ठुलो परिमाणको भन्सार छलेर भित्रिएको लत्ता कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज २ न्युरोडको भानुभक्त चोकबाट ३८ लाख बढीको लत्ताकपडा बरामद गरेको हो ।

स्थानीय सोनी गुप्ता घरमा भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राई भण्डारण गरी राखेको रेडिमेड लत्ताकपडा सहित गुप्तालाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुर्ता सुरुवाल ४ हजार २७४ पिसको अन्दाजी मूल्य ३४ लाख १९ हजार २०० तथा साडी ८४० पिसको अन्दाजी मुल्य ४ लाख २० हजार गरि जम्मा ३८ लाख ३९ हजार २०० बराबरको सामान बरामद भएको हो ।

बरामद सामान सहित पक्राउ परेको गुप्तालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : १७ बजे

राप्ती नदीको जल सतहले खतराको रेखा नाघ्यो

नेपालगन्ज । दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने रिलिज

काठमाडौं । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम