१९ आश्विन २०८१, शनिबार | October 5, 2024

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि



काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै छ । आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।

महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौं उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।

एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ५८ बजे

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको

४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद्

दाउन्नेमा सडक भासियो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले हालसम्म