२२ असार २०८१, शनिबार | July 6, 2024

रोहित र विराटको टी-२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास



काठमाडौं । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी-२० विश्वकपको फाइनल खेल आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।

रोहितअघि विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । कोहलीले भने- ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडी बढाउने छन् ।’

रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी-२० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो ।

अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ४९ बजे

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै

जनकपुरधाम । मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्

राप्ती नदीको जल सतहले खतराको रेखा नाघ्यो

नेपालगन्ज । दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न