२५ चैत्र २०८१, सोमबार | April 7, 2025

‘कृषि सम्मानित पेसा हो, पछिल्लो पुस्तालाई माटोको महत्व बुझाउनुपर्छ



काठमाडौं । अभिनेता राजेश हमालले कृषि सम्मानित पेसा भएकाले नयाँ पुस्तालाई यसको महत्व बुझाउन जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा आज यहाँस्थित खोकनामा आयोजित कार्यक्रममा सहभागी भएका अभिनेता हमालले आफ्नो पुस्ता माटो र कृषिसँग प्रत्यक्ष जोडिएको भए पनि पछिल्लो पुस्ता त्यसबाट टाढा रहेको बताए । “म प्रत्येक असार १५ मा रोपाइँ नगरे पनि खेत र बारीको माटोसँग खेल्दै हुर्किएको हुँ । मेरो हजुरआमाले ९१ वर्षको उमेरसम्म खेतीपाती गर्नुभयो, त्यसैले पनि खेतमा पुग्ने गर्थेँ”, उनले भने, “हाम्रो पुस्ता कुनै न कुनै माध्यमबाट कृषिमा संलग्न भएता पनि अहिलेको पुस्तामा भने ग्याप देखिएको छ । उहाँहरूलाई किसानी, कृषि र माटोको महत्व बुझाउनुपर्छ ।”

उनले कृषिलाई प्राथमिकतामा राख्न नयाँ पुस्तालाई आग्रह गरे । “सक्नुहुन्छ भने कुनै रूपमा भए पनि कृषिजन्य क्षेत्रमा लाग्नुस् । आफ्नो पुस्तालाई प्रोत्साहन गर्नुस् । नयाँ पुस्ता नआई आधुनिक किसिमले खेती गर्न सकिँदैन”, अभिनेता हमालले भने ।

हमाल कृषि, उद्दमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशीला बनाएको प्रतियोगितामूलक कार्यक्रम ‘र’ मा समेत जोडिएका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ३३ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण