४ बैशाख २०८२, बिहिबार | April 17, 2025

सेनाद्वारा सुस्तामा पुस्तकालय भवन निर्माण



नवलपरासी । नेपाली सेनाले पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा पुस्तकालय भवन निर्माण गरेको छ । सेनाले स्थानीय जनता दलित आधारभूत विद्यालयमा ‘गोरख पुस्तकालय’ निर्माण गरेर हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटरअन्तर्गत २२ नं बाहिनी अड्डाको सहकार्यमा परासीस्थित गोरखदल गणले रु १५ लाखको लागतमा उक्त भवन निमार्ण गरेको हो । गोरख दल गणका गणपति प्रमुख सेनानी प्रणयजङ्ग मल्लले नेपाली सेनाले जनहितको कार्य गर्ने नीतिअनुरूप पुस्तकालय भवन निर्माण गरेको बताए ।

यसअघि गोरख दल गणका तत्कालीन प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले करिब रु एक लाख बराबरका पुस्तक उक्त विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : ०५ बजे

छिमेकी देशहरूसँग साझा भविष्यको समुदाय निर्माण गर्न सी जिनपिङको आह्वान

चिनियाँ राष्ट्रपति सी जिनपिङले छिमेकी देशहरूसँग साझा भविष्यको समुदाय निर्माण

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक २६ दशमलव ४९

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

पाल्पा ।शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण

कोरलामा व्यापारिक चहलपहल : नाकामा न शौचालय न खानेपानी

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब