२२ असार २०८१, शनिबार | July 6, 2024

दक्षिण अफ्रिका पहिलोपटक टी-२० विश्वकपको फाइनलमा प्रवेश



काठमाडौं । दक्षिण अफ्रिका जारी नवौँ संस्करणको आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा दक्षिण अफ्रिकाले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अविजित रहेका रीजा हेन्ड्रिक्सलेले २९ कप्तान एडन मार्कमले २३ रन बनाए ।

यस्तै, क्विन्टन डिककले ५ रन जोडे । अफगानिस्तानका लागि फजलहक फारुकीले मात्र एक विकेट लिन सके ।

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अलआउट भयो । उसका लागि अजमातुल्लाह उमरजाईले सर्वाधिक १० रन जोडे ।​

रहमानउल्लाह गुरबाज (शून्य), इबराहिम जाद्रान (२), गलबन्दिन नाइबन (९), मोहम्मद नाबी (शून्य), नङ्गेलिया खरोटे (२), करिम जनत (८), नूर अहमद (शून्य), कप्तान राशिद खान (८) र नवीनलउल हक (२) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ४१ बजे

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै

जनकपुरधाम । मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्

राप्ती नदीको जल सतहले खतराको रेखा नाघ्यो

नेपालगन्ज । दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न