१७ असार २०८१, सोमबार | July 1, 2024

बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ



बुटवल । बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं.४ पाल्पारोडबाट खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं ५ का ३३ वर्षिय मोहम्मद साजित अली र दाङ घोराही नगरपालिका वडा नं.३ घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ७ बस्दै आएका ३१ वर्षिय दिपक मल्ल रहेका छन् ।

अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट लागु औषध खैरो हिरोइन २ ग्राम ५०० मिलिग्राम बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : ५९ बजे

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी

बाँकेको खजुरामा २ सय जनालाई आत्मनिर्भरताको तालिम

खजुरा । बाँकेको खजुरामा २ सय जना युवाहरुलाई आत्मनिर्भरताको तालिम

मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइन- ओलीको सचिवालय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आफ्ना

सत्ता समीकरण परिवर्तन हुदैन- प्रवक्ता शर्मा

काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा