२८ मंसिर २०८२, आइतबार | December 14, 2025

रुकुम घटनाका मृतक र घाइतेका परिवारलाइ राहत दिइने



काठमाडौं । सरकारले रुकुम घटनाका मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम घटनाका मृतकलाई १०/१० लाख आर्थिक सहयोग र घाइतेको उपचार खर्च व्यवहोर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार मृतक भेरी नगरपालिका नवराज विक र गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र चौरजहारी नगरपालिका रुकुम पश्चिमका टिकाराम सुनारलाई १०÷१० लाख उपलब्ध गराउने भएको हो । यस्तै घाइते लालबहादुर खड्का, सेते पुन, लालबहादुर शाही, सरोज भँडेल र भोला विसी, ललितजंग विक, बमबहादुर विक, हेमबहादुर खड्का, गोविन्द सुनार, महेश कार्की, डिल्ली विक र सुनिल सुनारलाई उपचार गर्दा लागेको बिलअनुसार उपचार खर्च दिने निर्णय गरेको हो ।

गत जेठ १० गते चौरजहारीमा उक्त घटना भएको थियो । मन्त्रिपरिषद् बैठकले नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरको छैटौँ बैठकका लागि वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

नेपाली सेनाका महासेनानी सञ्जय देउजालाई लेबनान सरकारले प्रदान गर्ने ‘गभरमेन्ट अफ लेबनान’ले प्रदान गर्ने विभुषण ग्रहण गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । बैठकले सुपरमाई क्यासकेड जलविद्युत् आयोजना (३ मेघावाट) र गच्र्याङ खोला साना जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने निर्णय गरेको मन्त्री डा खतिवडाले जानकारी दिए ।

यस्तै राष्ट्रिय जनगणना २०७८ को घर तथा घरपरिवार सूचीकरण फारम र मुख्य प्रश्नावली स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : १६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%