३१ भदौ २०८१, सोमबार | September 17, 2024

पत्रकार महासंघ निर्वाचनका लागि निर्वाचन समिति गठन गर्न अध्यक्ष पोखरेलको आग्रह



नेपालगन्ज । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आगामी असार २२ गते महासंघको निर्वाचन गराउनका लागि सबै शाखाहरुलाई निर्वाचन समिति गठन गर्न अनुरोध गरेका छन् । निर्वाचन समिति गठन सम्बन्धमा आज एक परिपत्र जारी गर्दै अध्यक्ष पोखरेलले कतिपय जिल्लाहरुमा निर्वाचन समिति गठन भएको जानकारी प्राप्त नभएको जनाएका छन् ।

उनले परिपत्रमा नेपाल पत्रकार महासंघको २०८१ वैशाख २१ सम्पन्न २७ औं महाधिवेशनको म्यान्डेटअनुसार २०८१ जेठ २६ गते महासंघको तीनै तहको निर्वाचनको मिति घोषणा भएको सो मितिमा निर्वाचन हुन नसकेपछि असार २२ गते शनिवार हुनेगरी निर्वाचन तालिका सार्वजनिक भैसकेको उल्लेख गरेका छन् ।

शाखाका अध्यक्षहरुलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘शाखाको निर्वाचन प्रयोजनका लागि कतिपय शाखाहरुले निर्वाचन समिति गठन गरी केन्द्रीय निर्वाचन समितिलाई जानकारी नगराइएको पाइकोले यथाशीघ्र जानकारी गराउनुहुन अनुरोध छ।’

निर्वाचन समिति गठन गरी जानकारी नगराइएको खण्डमा केन्द्रीय निर्वाचन समितिले वैकल्पिक व्यवस्था गर्नसक्ने निर्वाचन कार्यविधिमा उल्लेख भएको पनि अध्यक्ष पोखरेलले पत्रमा स्मरण गराएका छन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १० : २१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित