२५ चैत्र २०८१, सोमबार | April 7, 2025

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति संविधानसम्मत ठहर



काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेस सरकारका मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर्‍याएको छ । अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गर्दै कार्कीको मुख्यमन्त्री पदमा भएको नियुक्तिलाई बैधानिकता दिएको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर्‍याएको हो ।

सर्वोच्चको यो फैसलासँगै हिक्मत कार्की नेतृत्वको एमाले-माओवादी गठबन्धन सरकारको वैधतामाथि उठेको प्रश्न पनि निरुपण भएको छ ।

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ५ : २० बजे

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई