२८ मंसिर २०८२, आइतबार | December 14, 2025

लगानी बोर्डका सीईओ भट्टलाई काम गर्न नदिन पाटन उच्च अदालतको अल्पकालिन आदेश



काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील भट्टलाई काम गर्न पाटन उच्च अदालतले रोक लगाएको छ ।

बोर्डका सीईओ भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

मुख्यन्यायाधीस नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न मंगलबार आदेश जारी गरेको उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले बताए ।

अदालतले सीईओको हैसियतमा बोर्डको कामकाज नगर्न भट्टलाई पनि आदेश दिएको छ ।

उच्च अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुवैलाई छलफलका लागि बोलाएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टलाई नियुक्त गर्ने मन्पिरिषद्को निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ५० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%