२५ चैत्र २०८१, सोमबार | April 7, 2025

फणिन्द्र देवकोटालाई माओवादीले गरेको कारवाही असंवैधानिक : सर्वोच्च

प्रदेश सांसदका रुपमा काम गर्न दिन अन्तरिम आदेश



काठमाडौँ । सवोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटामाथि माओवादी केन्द्रले गरेको कारवाही असंवैधानिक भएको ठहर गरेको हो ।

देवाकोटाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले देवकोटालाई सांसदका रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही गरेपछि गण्डकी प्रदेशसभाका सभामुखले देवकोटालाई पदमुक्त गरेका थिए । तर देवकोटामाथि गरिएको कारवाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशमा देवकोटालाई भएको कारबाही कार्यान्वयन नगर्नूरनगराउनू भनिएको छ ।

सर्वोच्च अदालतले देवकोटा नेपाल समाजवादी पार्टीसँग आवद्ध भएको सांसद भएको तथ्य उल्लेख गरेको छ । सर्वोच्चको अन्तरिम आदेशसँगै गण्डकी प्रदेश सरकार तत्कालका लागि जोगिएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : १८ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण