३१ भदौ २०८१, सोमबार | September 17, 2024

संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो



जनकपुर ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ ।

मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले आज प्रतिवेदन बुझाएको हो ।

एमालेको मागअनुसार विसं २०८० असार २६ मा सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले अर्थमन्त्रालयमा ठूलो मात्रामा अनियमित रकमान्तर गरेको विषयमा प्रदेशसभाले समिति गठन गरेको थियो ।

उक्त समितिमा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटा दलका एक–एकजना सांसद छन् । समितिलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउने समयावधि दिएको थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : १६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित