काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम प्रशाशित गरेको छ । समितिले २२ असारमा मतदान गर्ने गरि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै असार १२ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने र त्यस लगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया