२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सम्बन्धविच्छेदको प्रमुख कारण वैदेशिक रोजगारीको कमाइ



मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।

वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

जिल्ला अदालतमा अघिल्लो आव २०७४/७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फछ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुव्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक विवादको कारणबाटै सम्बन्धविच्छेद बन्न पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।

विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आरोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्धविच्छेदको शिकार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिए । अदालतको इजलासमा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्धविच्छेद गर्ने उद्देश्य राखी निवेदन दर्ता गरिएको पनि श्रेस्तेदार भट्टराईले उल्लेख गरे ।

यसैगरी जिल्ला अदालत मकवानपुरले गत आव २०७६/७७ मा बाल हिंसा, चोरी र नाबालकले नाबालिकालाई प्रलोभनमा पारी जबर्जस्ती अनुचित कार्य गर्न बाध्य बनाइएको मुद्दामा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बाल इजलासले केही नाबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा र केही नाबालकलाई सुधारगृहमा कैद भुक्तानको लागि पठाएको जनाएको छ ।

जिल्ला अदालतमा बाल हिंसा अनुचित कार्य गर्ने र चोरी अभियोग सम्बन्धमा समेत गत आवमा २७ मुद्दा दर्ता गराएकामध्ये २० मुद्दाको फछ्र्र्यौट गरी बालबालिकाको इजलासबाट थप सुरक्षागृहमा बालबालिकालाई पठाइएको पनि जिल्ला अदालतले जनाएको छ । रासस

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ३३ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%