काठमाडौं । काठमाडौं महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्- ‘काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’
बालेनले नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा नरहने स्पष्ट पार्दै १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहने जनाएका छन् । ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’ उनले लेखेका छन् ।
प्रतिक्रिया