२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रमेश लेखकको प्रश्न- सरकारले संसद्को गरिमा गिरायो, प्रधानमन्त्री संसदमा आउन डराएको हो ?



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण बारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउदै सरकारले संसदको गरिमालाई कम्जोर बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफुहरुले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको बताए ।

उनले प्रधानमन्त्री डराएर संसदमा नआएको हो भन्दै प्रश्न गरेका छन् । उनले सरकारले संसदको अपमान गरेको बताउदै संसद चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जादा संसदलाई जानकारी गराउनुपर्ने स्मरण गराए । प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफुहरुले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए ।

लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण बारे जानकारी गराउन माग गरेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ११ : ४२ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा