३१ भदौ २०८१, सोमबार | September 17, 2024

उपप्रधानमन्त्री श्रेष्ठद्वारा भारतीय विदेशमन्त्रीलाई बधाई



काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय समकक्षी एस जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आज भएको टेलिफोन वार्तामा जयशंकरलाई विदेश मन्त्रीमा पुनः नियुक्त भएकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे कुराकानी गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

त्यसअवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको पारस्परिक लाभकारी सहयोगलाई अझ अगाडि बढाउन सँगै काम गर्न तत्पर रहेको बताएको उल्लेख गरेका छन् ।

यसैगरी भारतीय विदेश मन्त्री जयशंकरले पनि न्यानो भावनात्मक शुभकामना र बधाईका लागि उनलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेका छन् । विदेश मन्त्री जयशंकरले द्विपक्षीय मित्रतालाई अगाडि बढाउनका लागि मिलेर काम गर्न तत्पर रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ११ : ०४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित