२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कर्णाली र लुम्बिनीका प्रदेश प्रमुखबीच भेटघाट



सुर्खेत । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच शिष्टाचार भेटघाट भएको छ । आज (शनिबार) कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा दुई प्रदेश प्रमुखबीच शिष्टाचार भेटघाट भएको हो ।

दुबै प्रदेशका प्रदेश प्रमुखहरुले भेटघाटबाट दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यबहारमा कार्यान्वयन गर्न बल पुर्‍याउने बिश्वास व्यक्त गरेका छन् ।

भेटका अवसरमा लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासको लागि सबैको सहयोग र सहकार्य आवस्यक रहेको बताए । उनले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

कर्णाली प्रदेश प्रमुख परियारले पनि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवस्यक रहेको बताए ।

भेछघाटकन लागि सुर्खेत पुगेका शेरचनलाई शिष्टाचार भेटघाटका क्रममा कर्णाली प्रदेश प्रमुख परियारले आफुले लेखेको पुस्तक उपहार स्वरुप हस्तान्तरण गरे भने लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई लुम्बिनीको प्रतिककारुपमा रहेको मायाको चिनो हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : ४२ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%