२८ मंसिर २०८२, आइतबार | December 14, 2025

गण्डकीमा कांग्रेसले माग्यो राप्रपासँग सहयोग



काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा राप्रपाको समर्थन मागेको छ ।

सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फर्किएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आगामी सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेश सभामा विश्वासको मतका लागि पत्र दर्ता गराएका छन् ।

यसैबीच मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन अनुरोध गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेका छन् । गण्डकीमा विशेष परिस्थिति रहेको भन्दै देउवाले राप्रपासँग सहयोग मागेका छन् ।

पत्रमा देउवाले लेखेका छन्- ‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु ।ु

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्दै सर्वोच्चले पाण्डेलाई मुख्यमन्त्री बनाईदिएको थियो ।

६० सदस्यीय प्रदेश सभामा ३१ जनाको समर्थन आवश्यक पर्छ । कांग्रेसका प्रदेश सभामा २७ सांसद छन् भने राप्रपा २ सांसद छन् । त्यस्तै गण्डकीमा एमालेका २२, माओवादीका ८ र स्वतन्त्र एक सांसद छन् । स्वतन्त्रले मुख्यमन्त्री पाण्डेलाई मत दिएपनि बहुमत नपुग्ने देखिएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ६ : ५२ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई