२८ मंसिर २०८२, आइतबार | December 14, 2025

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने



पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।

सदनमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले संविधानको धारा १६८को उपधारा ३ अनुसार अल्पमतको सरकारको नेतृत्व गरेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए ।

विश्वासको मत हासिल गर्न ३१ सिट चाहिन्छ तर पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । उनले कम्तिमा पनि राप्रपाका २ सिट र स्वतन्त्र सांसद राजीव गुरुङ र अर्को एक सिट आवश्यक पर्छ । विपक्षी दलहरुले भने पाण्डेलाई विश्वासको मत हासिल गर्न नदिने रणनीति बनाएका छन् ।

पाण्डेले विश्वासको मत लिइसकेपछि मात्रै सरकारको वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ५ : १८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%