१९ असार २०८१, बुधबार | July 4, 2024

विपद् प्रतिकार्यका लागि तयारी रहन सुरक्षा निकायलाई बागमतीका मन्त्री श्रेष्ठको निर्देशन



हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै उनले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मातहतका सुरक्षा निकायहरूलाई निर्देशन दिएका हुन् । उनले मनसुन सुरु हुन लागेको भन्दै मनसुनजन्य विपद् बाट बच्नका लागि उच्च सतर्कता अपनाउन प्रदेशबासीहरुलाई अनुरोध पनि गरे । उनले मनसुनजन्य विपत्ति सामना गर्न प्रदेश सरकारले आवश्यक पूर्वतयारी गरेको बताए ।

मन्त्री श्रेष्ठले हेटौंडा, धुलिखेल र विदुरमा विपद् सामाग्रीहरू भण्डारण गरेको, सरकारको ३ वटै तह, ३ वटै सुरक्षा निकाय र सम्बद्ध संघसंस्थाहरूसँग समन्वय गर्दै विपद् पूर्वतयारीको कामलाई अगाडि बढाइरहेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले समाजमा विपद् सुरक्षा संस्कृति निर्माण गर्नसके मानवजन्य विपत्ति नियन्त्रण र प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सकिने बताए । उनले प्रदेश सरकारले यस वर्ष केही पालिकाहरूमा विपद् स्वयंसेवक निर्माण र परिचालन गर्दै आएकोमा त्यसलाई बढाएर अभियानात्मक रूपमा स्वयंसेवक निर्माण र परिचालन गर्ने जानकारी दिए । उनले विद्यालयस्तरमा गएर विद्यार्थीहरूलाई विपद् सुरक्षा संस्कृति निर्माणका लागि पढाउने र सिकाउने जानकारी पनि दिए ।

मन्त्री श्रेष्ठले सरकारले मनसुनजन्य विपद् पुर्वतयारीका लागि जोड दिएर काम गरिरहेको बताए।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  २ : ०० बजे

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सिआइबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई आठ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’

बर्दिया । लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको

एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई

चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता

काठमाडौ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे