३१ भदौ २०८१, सोमबार | September 17, 2024

काउन्सिलद्वारा परराष्ट्र मामिलासम्बन्धी लेख्ने पत्रकारसँग छलफल



काठमाडौं । प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिलासँग सम्बन्धित विधामा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल गरेको छ ।

काउन्सिलमा आज भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए । उक्त बिटमा काम गर्ने समाचारदाताले सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखेका थिए । सहभागीले विदेशी मामिलासम्बन्धी समाचार सङ्कलन, सम्पादन सहजताका लागि आवश्यक सञ्चार निर्देशिकाको खाँचोसमेत औँल्याएका थिए ।

प्रेस काउन्सिलले जारी गरेको आचारसंहिताको बुँदामा थप विस्तृत र स्पष्ट उल्लेख हुनुपर्ने तथा अन्य ९महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता० सञ्चार निर्देशिका जस्तै विदेश मामिलाका सन्दर्भमा पनि के कस्ता शब्द वाक्यांश प्रयोग गर्ने, राष्ट्रियता जोडिएका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने निर्देशिका जरुरी रहेको औँल्याइएको थियो ।

परराष्ट्र तथा विदेश मामलाका विषयमा समाचार बनाउँदा धेरै पत्रकार गलत सूचनाको सिकार भएको तथा कुनै देशले अर्को देशका विरुद्ध लेखाउन कोसिस हुने गरेको समेत सुनाए । “अहिले कतिपय रिपोर्टर मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको सिकार हुने खतरा बढिरहेको छ”, पत्रकार कमलदेव भट्टराईले भने, “जसले जस्तो सूचना दिए पनि सत्यापन नगरी लेख्दा कुनै मुलुकसँगको सम्बन्ध बिग्रनसक्ने खतरासमेत छ ।”

पत्रकारहरू एकराज पाठक, अनिल गिरी, शरच्चन्द्र भण्डारी, कोषराज कोइराला, राधा खनाल, होम कार्की, चाँदनी हमाल, शिक्षा भट्टराई, दिनेश रेग्मी, रुद्र खड्का, धर्मेन्द्र कर्णलगायतले यस्ता समस्या आउन नदिन काउन्सिलले विशेष तालिम वा प्रशिक्षण दिनुपर्ने वा सरकारसँग त्यस किसिमको कार्यक्रमका लागि पहल गर्नुपर्ने बताएका थिए ।

सरकारका विभिन्न निकायबाट चुस्तदुरुस्त रुपमा सही सूचना नपाउँदा पनि रिपोर्टिङमा समस्या भइरहेको सहभागीले अनुभव सुनाएका थिए । यो बिटमा कार्यरत पत्रकारसँग काउन्सिलले पहिलोपल्ट यस्तो कार्यक्रम गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निकै संवेदनशील विषयमा बहस र छलफल प्रारम्भ गरिएको उल्लेख गर्दै मन्त्रालयहरू तथा सरकारका तत्तत् निकायसँग पनि आवश्यकताअनुसार छलफल गर्ने बताए । उनले विदेश मामिलासम्बन्धी रिपोर्टिङले कुनै पनि देशको हितमा ठूलो भूमिका खेल्ने हुँदा काउन्सिलले विधागत पत्रकारिताका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गरे ।

प्रेस काउन्सिल नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिको संयोजनमा भएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै काउन्सिल सदस्य शरद अधिकारीले नेपालका विषयमा अन्तर्राष्ट्रिय समुदायले के चाहन्छ र नेपालको विदेश मामिला रिपोर्टिङ कस्तो छ भन्ने बुझ्न पनि समितिले छलफल कार्यक्रम राखेको बताए । कार्यक्रमको समापन गर्दै समितिका संयोजक चिरञ्जिवी मास्केले सहभागीहको सुझावअनुसार काउन्सिलले आचारसंहिता तथा निर्देशिकाको बारेमा थप छलफल अघि बढाउने बताए । विदेश मामिला सम्बन्धमा रिपोर्टिङ गर्दाका सूचनाको समस्या, प्रशिक्षणको आवश्यकता तथा सरकार र संवाददाता सम्बन्ध सहज बनाउन काउन्सिलले भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १० : ०७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित