काठमाडौं । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् ।
मृत फेलापरेका व्यक्ति बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर विक रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
विक आज अपरान्ह मृत फेला परेको उनले बताए । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया