३ आश्विन २०८१, बिहिबार | September 20, 2024

दाङको घोराहीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर



दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङको घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले एक्सटेन्सन काउण्टर सुरु गरेको बैंकले जनाएको छ ।

७१ जिल्लामा फैलिएको बैकका शाखा सञ्जाल सहित २३४ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर रहेका छन् ।

यसैगरी २०३ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दैआइरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : ४९ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day