११ मंसिर २०८१, मंगलबार | November 26, 2024

‘स्थानीयको सहभागिता र सहकार्यबिना लुम्बिनीको विकास सम्भव छैन’



लुम्बिनी । सरोकारवालाहरुले स्थानीयको सहभागिता र सहकार्यबिना लुम्बिनीको विकास र समृद्धि सम्भव नभएकोमा जोड दिएका छन् ।

लुम्बिनी विकास कोषले लुम्बिनीमा पहिलो पटक आयोजना गरेको स्थानीयसँग लुम्बिनी कार्यक्रमअन्तर्गत समस्या पहिचान सम्भावना र समाधान विषयक कार्यशाला गोष्ठीमा सहभागी अधिकांशले लुम्बिनीको विकासमा स्थानीयको सहभागिता आवश्यक रहेकोमा जोड दिए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीका स्थानीयसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले कोष र स्थानीयबीच आपसी समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कोषाध्यक्ष भट्टराईले नीतिगत रुपमा स्थानीय समुदायसँग सहकार्य गरी सँगसँगै अगाडि बढ्नका लागि स्थानीयसँग लुम्बिनी कार्यक्रम राखिएको बताए । उनले लुम्बिनी विकास कोषसँग स्थानीयबीच संवाद र छलफल नहुँदा कतिपय विषयमा एकमत हुन नसकेको भन्दै स्थानीयको समस्या पहिचान गर्ने र समाधान गर्ने गरी स्थानीयसँग लुम्बिनी कार्यक्रम गरिएको बताए ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर–उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनीको विकास र समृद्धिका लागि नगरपालिका सहयोग गर्न तयार रहेको तर समन्वय र सहकार्य नहुँदा समस्याहरु देखापरेको बताइन् । उपप्रमुख हरिजनले विकास कोषबाट स्थानीयलाई लाभका कार्यक्रम सँगसँगै सहकार्यात्मक योजना अगाढि बढाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल शाक्यले बुद्धजन्मस्थल लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गरेर आफूहरुले बौद्धशिक्षा र दर्शनलाई अगाडि बढाउने काम गरेको बताए ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले स्थानीयको समस्यामा आफूहरु संवेदनशील रहेको बताउँदै समस्याहरुको पहिचान गरी समाधान गर्ने गरी योजना बनाउन कार्यशाला सफल हुने बताए । उनले स्थानीयहरुको लुम्बिनी विकास कोषसँग गुनासाहरु बारम्बार आइरहने भएकाले स्थानीयसँग छलफल गर्न थालिएको बताए ।

गोष्ठीमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले लुम्बिनी धार्मिक तथा साँस्कृतिक आस्थाको केन्द्र हुँदाहुँदै मायादेवी मन्दिरमा सदिऔंदेखिको परम्परागत पूजापाठमा रोक लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, “स्थानीयसँगको दूरीले लुम्बिनी बिकस कोष बेथितीको अखडा भयो, सहकार्य गरौँ, त्यसले समृद्धिको पथमा अगाडि बढ्न सहयोग पुग्नेछ ।”

कार्यक्रममा लम्बिनी होटेल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली, पर्यटन व्यवसायी बिष्णु बस्नेतलगायतले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रमात्रै विकास भएको, स्थानीयसँग सहकार्य र समन्वय नभएको, विकासमा पालिकासँग समन्वय र सहकार्य बढाउनुपर्ने, मायादेवीमन्दिर क्षेत्रमा परम्परादेखि गरिँदै आएको पूजाआजालाई सहजबनाउनुपर्ने लगायतका सुझाव दिए ।

त्यसअवसरमा यूएनडिपि गण्डकी लुम्बिनीका निर्देशक सुदीप अर्याल, वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिएंव स्थानीय सरोकारवालाहरुले पनि सुझावहरु राखेका थिए ।

कार्यशालाले स्थानीयको समस्या र सुझावसहितको प्रतिवेदनतयार पार्नका लागि सुदीप अर्यालको संयोजकत्वमा नौ सदस्यीय समन्वय समिति गठन गरेको छ । समितिमा प्रभात सापकोटा, बलबहादुर आचार्य, गङ्गाराम कहार, रामविकास चौधरी, पुरुषोत्तम अर्याल, सन्तोष गिरी, बब्लु गुप्ता र कमलेश बर्मा रहेका छन् । समितिले समस्या पहिचान गरेपछि अर्को चरणमा फेरि गोष्ठि गरेर कार्ययोजना तयार पार्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  १० : ३८ बजे

आज सातौँ सामाजिक सुरक्षा दिवस

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात

सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

पर्सा । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम