५ आश्विन २०८१, शनिबार | September 21, 2024

विश्वकपअघि दोस्रो वार्मअप खेलमा नेपाल आज अमेरिकासँग भिड्दै



काठमाडौं । टी-२० विश्वकप अगाडीको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र अमेरिकाको खेल साँझ ९:१५ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालामा हुनेछ । पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ । विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको आजको खेललाई महत्त्वका साथ हेरिएको छ ।

यसअघि सोमबार राति अमेरिका डालास मैदानमै टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको थियो । क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा एक सय २० रन बनाएर अलआउट भएको थियो ।

कस्तो छ विश्वकपको तालिका ?

अमेरिकासँगको प्रतिस्पर्धापछि नेपालले सिधै विश्वकप खेल्नेछ । विश्वकपको पहिलो खेल डालासकै मैदानमा नेपालले नेदरल्यान्ड्ससँग जुन ४ तारिखमा खेल्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ मा बङ्गलादेशसँग खेल्दैछ ।

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ६ : ५४ बजे

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

बागलुङमा चट्याङ लागेर एकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रंजना बुढाको गत

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि

पर्वतका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज