३ आश्विन २०८१, बिहिबार | September 19, 2024

छेन्दुस्थित महावाणिज्यदूतावासमा गणतन्त्र दिवस विशेष कार्यक्रम



काठमाडौं । सत्रौँ राष्ट्रिय गणतन्त्र दिवस मङ्गलबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित नेपाली महावाणिज्यदूतावासमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नेपालको राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय गान र ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा जारी गरेको बेग्लाबेग्लै शुभकामना मन्तव्य वाचन गरिएको थियो ।

त्यस अवसरमा महावाणिज्यदूत सुरेश राउतले गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र उत्सर्गको स्मरण गर्दै गणतन्त्रका उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिएको उक्त वाणिज्यदूतावासले आज जनाएको छ । उनले गणतन्त्रका उपलब्धिलाई रक्षा गर्दै त्यसलाई थप संस्थागत र समयानुकूल तुल्याउन स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा महावाणिज्यदूतावासका कर्मचारी, महावाणिज्यदूतावासको क्षेत्राधिकार सिचुवान, छोङछिङ कुइचोमा बसोबास गर्ने नेपाली समुदाय र केही चिनियाँ नागरिकको पनि उपस्थिति थियो । सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा तीन दिनसम्म साँझ दीपावली गरेर आजसम्म मनाइँदै छ । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ३ : ०० बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको