२८ मंसिर २०८२, आइतबार | December 14, 2025

हावाहुरीबाट पाँचथरको फालेलुङमा मकैबाली सोत्तर



पाँचथर । तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ ।

गत साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् ।

हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा वडा नं २ र ७ का केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको हो ।

गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार गत २१ गते आएको हावाहुरीले सबैभन्दा वढी क्षति पु¥याएको हो । “तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, अध्यक्ष केरुङले भने, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन् ।”

हावाहुरीले फालेलुङ–४ का महभिर, गैरीगाउँ, भैँसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्कलगायत टोल तथा वडा नं ५ का खेदोक, लुहुदिनलगायत टोलमा लगाइएको मकैखेतीमा अत्यधिक क्षति पु-याएको उनले जानकारी दिए । गाउँपालिकाले प्राविधिक र सुरक्षाकर्मीसमेत लिएर अनुगमन थालेको उनले बताए । ।

हावाहुरीबाट अत्यधिक क्षति पुगेको फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनका अनुसार जुँगा च्याप्ने तथा घोगो लगाउने अवस्थाका मकै भाचिँदा ठूलो क्षति पुगेको हो ।

पाँचथरको उच्च पहाडी क्षेत्रमा असोज, कात्तिक महिनामा मात्रै मकै पाक्दछ । “सधैँ पनि हावाहुरीले सामान्य क्षति पु¥याउँथ्यो”, वडाध्यक्ष सावदेनले भने, “यस वर्ष निरन्तर वर्षा भयो । वर्षा रोकिनासाथ तीन दिनसम्म हावाहुरी चल्दा मकै भाचिँएर, लडेर कामै नलाग्ने अवस्थामा पुग्यो ।”

ती वडामा मात्रै झण्डै ४०० परिवारको मकैखेतीमा क्षति पुगेको जनाइएको छ ।

“सबैभन्दा लेकमा बढी क्षति भएको छ । वडा नं ४, ५ र ६ मा बढी क्षति पुगेको छ”, सावदेनले भने “हामीले क्षतिको यथार्थ विवरण सङ्कलन गरिरहेका छौँ ।”

गाउँपालिकाभरिमा करिब एक हजार २०० परिवारको मकैखेतीमा हावाहुरीले क्षति पु¥याएको अनुमान गरिएको उनको भनाइ छ । उच्च पहाडी क्षेत्रमा खाद्य बालीमध्ये आलुपछि मकै जीविकोपार्जनको मुख्य स्रोत हो ।

तर फल्न लागेको मकै हावाहुरीले सखाप पारेपछि किसान निराश बनेका छन् ।
“केही न केही राहत दिनुप¥यो भन्ने किसानको माग छ”, उनले भने “गाउँपालिकाको स्रोतले मात्रै राहत दिन सकिने अवस्था छैन ।”

गाउँपालिका अध्यक्ष केरुङ किसानले राहत माग्न थालेको बताउँछन् । “लेकमा न धान, कोदो फल्छ न अरु अन्न बाली नै”, उनले भने, “भएको मकैमा पनि क्षति पुगेपछि किसानलाई समस्या पर्ने नै भयो ।”

हावाहुरीबाट मकैखेतीमा पुगेको क्षतिको विवरण सङ्कलनको काम जारी रहेको जनाउँदै गाउँपालिका अध्यक्ष केरुङले राहतका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिए।

उच्च पहाडी क्षेत्रमा माघ तथा फागुन महिनामा मकै रोप्ने गरिन्छ भने उक्त मकै असोज र कात्तिकमा मात्रै पाक्दछ । यहाँ ग्रामीण क्षेत्रमा मकै अत्यधिक खपत हुने गर्दछ । स्थानीयस्तरमा उत्पादित मकै खानाका साथै स्थानीय मदिरा उत्पादनमा समेत प्रयोग गर्ने गरिन्छ ।

पछिल्लो समय व्यावसायिक पशुपालन गर्ने किसानले पशुको आहाराको रूपमा समेत मकैको प्रयोग बढाउँदै लगेका छन् । हावाहुरीले मकैखेतीमा ठूलो क्षति पु¥याएपछि फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ३५ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई