२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नदी उत्खननपछि परेको खाडलको पानीमा डुबेर तिलोत्तामा नयाँमिलका दिब्याम्स भुषालको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमा-६ तिनाउ खोलामा नदी उत्खनन क्रममा बनेको खाडलमा डुबेर स्थानीय किशोरको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ६ हरियाली पार्क स्थित तिनाउ खोलामा बनेको खाडलमा डुबेर सोही वडाको नयाँमिलका स्थानीय नारायण भुषालका १७ वर्षिय छोरा दिब्याम्स भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ जना साथीहरु खडलमा जमेको पानीमा पौडी खेल्न गएका मध्य भुषालको मृत्यु भएको हो ।

नुहाउने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय मङ्लापुर र बुटवलको टोली घटनास्थल पुगेर उद्दार गर्ने क्रममा भुषाल मृत फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

मृतक किशोरको शव पोष्टमार्टमाका लागि लुम्बिनी प्रादेशीक अस्पताल पठाई घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ३ : ३९ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा