२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप गर्नुपर्छ : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताएका छन् । उनले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताए ।

‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ सुर्खेतको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा भएका शिक्षकको पुरानै दरबन्दीअनुसार अघि बढ्न नसकिने जिकिर गरे। “२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसङ्ख्या र विद्यालयको सङ्ख्या दुवै बढेका छन्”, उनले भने, “आवश्यक दरबन्दी कायम गरेर सामुदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ । त्यसका लागि केन्द्रमै शिक्षा सुधार गर्न जरुरी छ ।”

तीन तहको सरकार भए पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन नसकेको मुख्यमन्त्री कँडेलको भनाइ छ । सीमित स्रोत साधनकै बीच कर्णालीको शिक्षालाई सुधार गर्नुपर्नेमा उनको जोड छ । कँडेलले क्षमताअनुसार शासन चलाउन सङ्घीयता ल्याइएको तर अपेक्षाअनुसार काम गर्न नसक्दा जन आक्रोश बढिरहेको बताए। विगतमा दामासाहीले बजेट विनियोजन गर्ने प्रचलन भएको उनको धारणा थियो ।

“प्रदेशभरिकै विद्यार्थी वीरेन्द्रनगर केन्द्रित हुने, भौतिक संरचनादेखि सबै कुराको अभाव हुने अवस्था अब सुधार गर्ने प्रयास गर्छु”, उनले भने । कार्यक्रममा जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम एशोसिएसनका केन्द्रीय सदस्य यामबहादुर श्रेष्ठले कार्यपत्र पेस गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ३ : ३७ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई