२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

जुवाको खालबाट २२ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको टोलीले काठमाडौंको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका-६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सात जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “मित्रनगरमा प्रहरी प्रभाग गोङ्गबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरुलाई पक्राउ गरेको हो ।” पक्राउ परेकाहरुको साथबाट प्रहरीले रु दुई लाख ७० हजार पाँच सय ५० तथा केही थान तास समेत बरामद गरिएको प्रहरीको भनाइ छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ५ : ०८ बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी