१७ चैत्र २०८१, आइतबार | March 30, 2025

कोलकोता आइपिएलको फाइनलमा



काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सनराइजर्सले दिएको १६० रनको लक्ष्य पछाएको कोलकोताले १३.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि सनराइजर्सले १९.३ ओभरमा अलआउट हुदै १५९ रन बनाएको थियो ।

योसहित कोलकोता चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि २०१२ र २०१४ मा उपाधि जितेको कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।

यस खेलमा हार बेहोरेको सनराइजर्स हैदरावादले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ । अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ । इलिमिनेटरमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्स खेल्दै छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : १७ बजे

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु आम्नेसाम्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा

बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको