२८ मंसिर २०८२, आइतबार | December 14, 2025

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती



काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार आकस्मिक रूपमा बसेको बैठकले तीनवटै जिल्ला प्रशासन कार्यालयबाट दिँदै आएका महत्वपूर्ण सेवा कटौती गर्ने निर्णय गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले ती सेवाहरू आगामी २५ साउनदेखि ८ भदौसम्म स्थगित गर्ने निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा संक्रमण तीव्र रूपमा बढ्दै गइरहेकाले जोखिम कम गर्न प्रशासन कार्यालयबाट दिइने सेवाहरू स्थगित गरिएको जानकारी दिए । जसअनुसार आइतबारदेखि नै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता वितरणसम्बन्धी सबै कार्य बन्द हुनेछन् ।

त्यसैगरी, बन्द गरिएका सेवाहरूमा हातहतियार दर्ता नवीकरणसम्बन्धी कार्य, संस्था तथा पत्रपत्रिका दर्तासम्बन्धी सबै कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण कार्य रहेका छन् । तर, शान्ति सुरक्षासम्बन्धी सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

यसैगरी, ठाडो निवेदन तथा उजुरीसम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यका सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले बताए । बढी संक्रमित देखिएका स्थानलाई सिलसमेत गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट दिइने केही सेवाहरू बन्द भए पनि अन्य सरकारी कार्यालयले भने सेवा प्रवाह जारी राख्नेछन् । नागरिकता तथा राहदानी बनाउने कार्यमा लागि प्रशासन कार्यालयमा धेरै व्यक्तिको भीड हु्ने र त्यसले संक्रमणको जोखिम बढाउन सक्ने भएकाले ती सेवाहरू तत्कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ४१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%